मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ श्रावण २७ मंगलबार १६:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा सडकमाथिबाट खसेको ढुंगाले लागेर एस्क्काभेटरचालकको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ श्रावण २७ मंगलबार १६:३८:००

संखुवासभाको चिचिला गाउँपालिका– १ गगनेनजिकै चिचिला पातालमा सडकमाथिको ढुंगा झरेर एस्क्काभेटरचालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु  हुनेमा मकवानपुर घर भई हाल बानिया निर्माण सेवामा एस्क्काभेटरचालकको रूपमा काम गर्दै आएका ३१ वर्षीय हर्क तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । 

उनका अनुसार, मंगलबार (आज) दिउँसो करिब १ बजेतिर खाँदबारी–किमाथांका कोसील्हासा राजमार्गअन्तर्गत चिचिला पाताल सडकखण्डमा सडकमाथिको ढुंगा एस्क्काभेटरले फुटाउने क्रममा माथिबाट ढुंगा झरेर चालकको मृत्यु भएको हो । 

बर्खाको पानीले चिचिला सडकखण्डमा हिलाम्मे भएपछि सोलिङ गर्नका लागि सडकमाथिको ढुंगा फुटाउने क्रममा एक्कासि माथिबाट ढुंगा झरेर मेसिनसहित चालक तामाङलाई थिचेको थियो ।

एस्क्काभेटर सबैमाथिबाट झरेको ढुंगाले छोपिएको छ । अहिले अर्को एस्क्काभेटरले मेसिन र शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा चिचिला प्रहरी चौकीबाट प्रहरी टोली पुगिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।