१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण २७ मंगलबार १५:२८:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा आठजना कोरोना संक्रमित थपिए, ११ जना डिस्चार्ज

Read Time : > 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १५:२८:००

कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा थप आठजना कोरोना संक्रमित थपिएका छन् । 

कर्णालीका प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको पाँच सय ३० जनाको नमुना परीक्षणमा आठजनामा कोरोना संक्रमण देखिएको हो । 

कर्णालीका प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का ३२ वर्षीय पुरुष, सल्यान कालिमाटी गाउँपालिका– ३ का २६ वर्षीय दुईजना पुरुष, दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका–६ की २६ वर्षीया महिला, सर्लाही चन्द्रनगरपालिका– ७ का २१ वर्षीय पुरुष, धनुष जनकपुरधाम उपमहानगरपालिका– ५ का २८ वर्षीय पुरुष गरी ६ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतका स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै, दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख दुल्लु नगरपालिका– २ की ३० वर्षीया महिला र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिम मुसिकोट नगरपालिका– ५ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । 

‘पछिल्लो २४ घन्टामा आठजना कोरोना संक्रमित थपिएका छन्,’ उनले भने, ‘योसँगै कर्णालीमा संक्रमित हुनेको संख्या दुई हजार ११ पुगेको छ ।’

पछिल्लो २४ घन्टामा कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट कोरोना संक्रमण निको भएर ११ डिस्जार्च भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले बताए । 

‘कर्णालीमा हाल एक सय १४ जना कोरोनाका सक्रिय संक्रमित बिरामी रहेका छन्,’ उनले भने, ‘उहाँहरूको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।’

कर्णालीमा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार आठ सय ९१ पुगेको छ भने ६ जनाको कोरोनाका कारणले मृत्यु भएको छ ।