मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २७ मंगलबार १०:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजार बन्द गराउन गएका प्रहरी र तरकारी व्यापारीबीच झडप  

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १०:३५:००

सोमबार साँझ तरकारी बजार बन्द गराउन गएका प्रहरी र तरकारी व्यापारीबीच  झडप भएको छ । निषेधाज्ञा भएको ठाउँमा भिडभाड गरेको भन्दै प्रहरी तरकारी बजार बन्द गर्न गएको थियो । 

प्रहरी निरीक्षकको कमान्डमा रहेको प्रहरीले बारम्बार सम्झाउँदासमेत बजार हटाउन नमानेपछि प्रहरीले कडाइका साथ बजार हटाउन खोज्दा प्रहरीमाथि तरकारी व्यापारीहरूले अभद्र व्यवहार र ढुंगामुढा गरेका छन् । 

सोही क्रममा एक प्रहरी जवानको हातमा चोट लागेको र प्रहरीको जिपमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । 

उनले प्रहरीमाथि ढुंगामुढा गर्ने र जिपमा क्षति पुऱ्याउने केही तरकारी व्यापारीलाई नियन्त्रणमा राखेको भन्दै कारबाही हुन सक्ने बताए । उनले हाल सरसल्लाह भइरहेकोले कारबाही नै गर्ने वा अन्य के हुने तत्काल भन्न नसकिने बताए । 

यता तरकारी व्यापारीहरुले आफूहरूको तरकारी प्रहरीले फ्याँकिदिएको, बच्चामाथीसमेत कुटपिट गरेको, महिलाहरूमाथि हातपात गरेको आरोप लगाएका छन् । 
सोमबार साँझको घटनापछि मंगलबार बिहान जलेश्वर बजार सुनसान देखिएको छ ।  प्रहरीले निषेधाज्ञालाई कडाइ गरेको छ ।