मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २७ मंगलबार ०८:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पर्सामा थप ७० जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार ०८:५६:००

हालसम्म एक हजार एक सय चारजनामा  संक्रमण, २२ जनाको मृत्यु

पर्सामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २२ महिलासहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि हुनेहरू पाँच वर्षदेखि ८६ वर्ष उमेर समूहका छन् । 

संक्रमित हुनेमा बाराका पाँचजना, पर्सा धोबिनी गाउँपालिकाका एकजना र बाँकी सबै वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका हुन् । योसँगै संक्रमित हुनेहरूमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताका सुरक्षाकर्मी र नेसनल मेडिकल कलेजका  चिकित्सक पनि  छन् । 

यस्तै संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयका एकजना, वडा प्रहरी कार्यालय बिर्ताका आठजना, नारायणी अस्पतालका चारजना, बाराका पाँचजना र धोबिनी गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको मेसु डा. उपाध्यायले बताए । 

यसैगरी वीरगन्ज- ४ बिर्ताका १० जना, वीरगन्ज- १ छपकैयाका पाँचजना, मुर्लीका दुईजना रहेका छन् । 

यसअघि यहाँ आइतबार राति २२ जना कोरोना संक्रमित थपिएका थिए । पर्सामा हालसम्म एक हजार एक सय चारजनामा कोरोना संक्रमण देखिएको छ भने २२ जनाको मृत्यु भइसकेको छ। साउनयता मात्र १८ जनाको मृत्यु भएको मेसु डा. उपाध्यायले बताए ।