मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २७ मंगलबार ०८:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धौलागिरि अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार ०८:२०:००

धौलागिरि अञ्चल अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअगाडि अस्पतालमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा गरिएको परीक्षणमा थप दुईजना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।

प्रयोगशालामा गरिएको नमुना परीक्षणमा दुईजना स्वास्थ्यकर्मीकाे कोरोनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए ।

२७ जनाको परीक्षण गरिएकोमा अन्यको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । संक्रमित दुवैजनालाई यस अस्पतालको आइसोलेसनमा राखिएको गौतमले जानकारी दिए ।