१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २६ सोमबार १९:३५:००
Read Time : < 1 मिनेट
प्रदेश

मलामी गएका युवा तमोर नदीमा बेपत्ता

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार १९:३५:००

धनकुटाको चौबिसे गाउँपालिका– ५ हंसमोरङमा मलामी गएका एक युवालाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ३३ वर्षीय महेन्द्र याखालाई नदीले बगाएको हो ।

छिमेकीको मृत्यु भएपछि मलामी गएको र नुहाउने क्रममा उनलाई अचानक नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । चौबिसे गाउँपालिका– ५ का वडाध्यक्ष पदमकुमार देवानकी ८२ वर्षीया आमाको आइतबार राति निधन भएपछि उनको सोमबार दिउँसो त्रिवेणीघाटमा अन्त्येष्टि गरिएको थियो । मलामी गएका ती युवा गर्मी भएपछि नुहाउन नदीमा पसेका थिए । 

तमोर नदीले याखालाई बगाएपछि अस्थायी प्रहरी पोस्ट मौनाबुधुक, मूलघाट प्रहरी चौकी, सशस्त्र प्रहरी बल बेस क्याम्प मूलघाट र स्थानीयले खोजी गरेका थिए । साँझसम्म पनि उनलाई फेलापार्न नसकेको एसपी अधिकारीले बताए । उनलाई चौबिसे– ५ त्रिवेणीघाटबाट बगाएपछि साँगुरीगढीको याक्चनाघाट, मूलघाटलगायतका स्थानमा खोजी गरेको प्रहरीको भनाइ छ ।