१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २६ सोमबार १९:२४:००
Read Time : < 1 मिनेट
समाचार

ढिस्कोमा पुरिएर डोल्पामा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार १९:२४:००

माटोको ढिस्कोले पुरिएर त्रिपुरासुन्दरी नगरपालिका– २ रसीका २० वर्षीय दीपक बुढाको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार घरको छत चुहिने भएकाले त्यसमा राख्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बुढाको मृत्यु भएको हो । 

जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारका अनुसार ढिस्कोमा दुईजना पुरिएकोमा एकजनाको उद्धार भएको छ । बुढासँगै गएका ३९ वर्षीय कर्णबहादुर बोहोरा भने घाइते भएका छन् । उनको दायाँ खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।