Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २६ सोमबार १६:३५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

उपत्यकाका थप ४४ जना काेराेना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २६ सोमबार १६:३५:००

काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३६, ललितपुरका चार र भक्तपुरका चारजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका १२ जना, ललितपुरका एकजनामा संक्रमण देखिएको हो । 

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल प्रयोगशालामा काठाडौंका ६ जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका आठजना, भक्तपुर एकजना र ललितपुरका एकजनामा संक्रमण पुष्टि भएको हो । 

स्टार अस्पताल सानेपामा भक्तपुरका तीन, काठमाडौंका आठ र ललितपुरका दुई, बिध ल्याबमा काठमाडौंका एक र ह्याम्स अस्पतालमा काठमाडौंका एकजनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।