१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाेटाे : एजेन्सी
एजेन्सी
२०७७ श्रावण २६ सोमबार १४:३७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोरोना संक्रमित

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ श्रावण २६ सोमबार १४:३७:००

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोरोनाबाट संक्रमित भएका छन् । 

उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पाइएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत परीक्षणबाट आफूमा काेराेना संक्रमण देखिएकाले आइसाेलेसनका लागि अस्पताल जान लागेकाे जानकारी दिएका छन् ।

साथै उनले पछिल्लाे साता आफ्नाे सम्पर्कमा आएका सबैलाई बेग्लै बस्न र संक्रमण भए–नभएकाे परीक्षण गर्न आग्रह गरेका छन् । 

यसअघि भारतका गृहमन्त्री अमित शाहमा पनि काेराेना पाेजेटिभ देखिएकाे थियाे । 

भारतमा हालसम्म २२ लाख १५ हजार ७५ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । नयाँ केसका रूपमा ६२ हजार ६४ जनामा संक्रमण देखिएको जनाइएको छ । 

पछिल्लो २४ घन्टामा एक हजार सातजनाको कोरोना संक्रमणबाट निधन भएको छ । हालसम्म भारतमा कुल ४४ हजार तीन सय ८६ जनाको काेराेनाबाट निधन भइसकेको छ । 

On a visit to the hospital for a separate procedure, I have tested positive for COVID19 today.
I request the people who came in contact with me in the last week, to please self isolate and get tested for COVID-19. #CitizenMukherjee

— Pranab Mukherjee (@CitiznMukherjee) August 10, 2020