मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २६ सोमबार १२:०३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

पिसिआरको दायरा बढाउन र भेन्टिलेटरसहितको अस्पताल सञ्चालन गर्न कांग्रेसको माग  

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार १२:०३:००

प्रदेश १ कांग्रेस संसदीय दलले पिसिआर परीक्षणको दायरा बढाएर, आइसोलेसन र भेन्टिलेटरसहितको अस्पताल तुरुन्त स्थापना गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले विज्ञप्ति जारी गर्दै जनताको जिउधनको सुरक्षाका लागि पिसिआर परीक्षणको दायरा बढाउन र भेन्टिलेटरसहितको अस्पताल चाँडो स्थापना गर्न प्रदेश १ सरकारसँग आग्रह गरेका हुन् । 

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सरकार जिम्मेवार नभएको भन्दै कांग्रेसले जिम्मेवार  बन्न प्रदेश सरकारलाई आग्रह गरेको छ । 

लकडाउनअगाडि नै आफ्नो दलले कोभिड– १९ को संक्रमण बढ्ने खतरा औंल्याउँदै सम्पूर्ण तयारी गर्न सरकारलाई झकझकाएको कांग्रेसको दाबी छ  । 

सरकारले मिडिया र संसदमा पटक–पटक पर्याप्त मात्रामा आइसोलेसन बेड तयारी रहेको भनी दिएको अभिव्यक्ति अहिले आएर झुटाे साबित भएकोले उल्लेख गर्दै सरकारले काम कम र गफ बढी गरेको प्रस्ट भएको कांग्रेस संसदीय दलको ठहर छ । 

मोरङको गोठगाउँको पूर्वाञ्चल विश्वविद्यालयको अस्पताल लेभल १, विराटनगरको कोसी कोभिड अस्पताल लेवल २ र धरानको बिपी प्रतिष्ठान लेभल ३ भने पनि समुदायमा संक्रमण फैलिएर संक्रमित बढेपछि संक्रमितलाई व्यवस्थापन गर्न प्रदेश सरकार असफल भएको कांग्रेसको निष्कर्ष छ  ।