मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २५ आइतबार ०८:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न- चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २५ आइतबार ०८:२१:००

प्रधानमन्त्री केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई दिएकाे निर्देशनप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । 

उनले आफ्नो ट्विटमा ‘भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ?  द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ?’ भन्दै प्रश्न गरेका छन् । प्रवक्ता शर्माले अगाडि लेखेका छन्– यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान् राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिसन लिम्पियाधुरा’लाई बल पुग्ला ? 

याे पनि पढ्नुहाेस् : भारतमा दक्षिणपन्थी मोदीले अपनाएको बाटो पछ्याउँदै नेपालमा वामपन्थी ओली

माडी नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदीसँग शुक्रबार टेलिफोनमा संवाद गर्दै प्रधानमन्त्रीले तुरुन्तै काठमाडौं आउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मेयर ढकालको नेतृत्वमा एउटा टोली शनिबार बालुवाटार पुगेको थियो ।

दुई घन्टाको छलफलमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।