१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ श्रावण २५ आइतबार ०६:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मुसहरमाथि आक्रमण गर्नेलाई कारबाही गरिने मन्त्रीको आश्वासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ श्रावण २५ आइतबार ०६:४८:००

प्रदेश–१ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले मोरङ बुढीगंगा–२ स्थित मुसहर बस्तीमा आक्रमण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने बताएकी छन् । विराट मेडिकल कलेजमा उपचाररत घाइते युवाको अवस्था बुझेपछि उनले मुसहर टोलको पनि स्थलगत अनुगमन गरिन् । टोलमा सुरक्षाको वातावरण मिलाउन उनले प्रहरी र जनप्रतिनिधिहरूलाई निर्देशन दिइन् ।

स्थानीय बैजनाथ यादवको परिवारसँग बाटोमा खनिएको खाल्डोबारे विवाद भएपछि १९ साउन मध्यराति विराटनगर १४ जतुवाबाट हातहतियारसहित गएको गुण्डाहरूको समूहले मुसहर बस्तीमा अन्धाधुन्द आक्रमण गरेको थियो ।

आक्रमणमा सरस्वती ऋषिदेव तथा उनका भाइहरू पन्नालाल, चुन्नीलाल, रामजी र श्याम गम्भीर घाइते भएका थिए । आक्रमणकारीलाई कुनै कारबाही नभएको थाहा पाएकी २४ वर्षीया उर्मिला ऋषिदेवले २२ साउनमा आत्महत्या गरेकी थिइन् ।

आक्रमणमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेर पनि छाडिदिएको थियो । घटना सार्वजनिक भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ भने अन्य पाँचजना फरार छन् ।