१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २४ शनिबार २०:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपामा निर्णय गर्ने जिम्मा शीर्ष पाँच नेतालाई

Read Time : < 1 मिनेट
२०७७ श्रावण २४ शनिबार २०:५९:००

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समिति बैठकमा पेस भएका सातवटा एजेन्डाबारे निर्णय गर्ने जिम्मा शीर्ष पाँच नेतालाई दिएको छ ।  शनिबार साँझ सम्पन्न कार्यकारिणी समितिको बैठकले अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतोलाई निर्णय गर्ने जिम्मा दिएको हो । 

जसपाको पहिलो कार्यकारिणी समितिको बैठकमा पार्टी समायोजन, कार्यविभाजनसहितका सात वटा एजेन्डा प्रस्तुत भएको थियो । सातवटै एजेन्डामा कार्यकारिणी समितिका सदस्यहरूले दिएका सुझाब मिलाएर शीर्ष पाँच नेताले निर्णय सार्वजनिक गर्ने नेता लक्ष्मणलाल कर्णले बताए ।