मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २४ शनिबार १६:५०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप तीन जनाको मृत्यु, हालसम्म ७३ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २४ शनिबार १६:५०:००

कोरोना संक्रमित थप तीन जनाको निधन भएको छ ।

योसमेत नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ३ का ७४ वर्षीय पुरुष, मोरङको विराटनगर महानगरपालिका ९ बस्ने ५८ वर्षीय पुरुष र काठमाडौंको टोखा ६ की ४१ वर्षीया महिला छन् ।

उनीहरुको उपचारको क्रममा शुक्रबार निधन भएको हो । 

वीरगन्जका पुरुष मधुमेह र दमको बिरामी भएको मन्त्रालयका प्रवक्त डा जागेश्वर गौतमले बताए । उनको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

विराटनगरका ५८ वर्षीय पुरुष उच्च रक्तचापका बिरामी थिए । उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या भएपछि कोसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको पनि निधन भएको हो ।

टोखाकी महिलाको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको गौतमले बताए ।