Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २४ शनिबार १६:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थप ६२ जना संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २४ शनिबार १६:३६:००

काठमाडौं उपत्यकामा शनिबार थप ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा उपत्यकाको काठमाडौं जिल्लाका ५६ जना, ललितपुर र भक्तपुरका तीन–तीन जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९ जना, स्टार अस्पताल सानेपामा काठमाडौंका १२ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका चार जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका पाँच जना र ललितपुरका चार जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक, वीर अस्पताल प्रयोगशालामा काठमाडौंका एक, बिध ल्याबमा काठमाडौंका दुई जनमा संक्रमण देखिएको हो ।

नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडैंका दुई र भक्तपुरका तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।