१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २४ शनिबार १६:३१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

शनिबार कर्णालीमा पाँच संक्रमित थपिए 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २४ शनिबार १६:३१:००

 कर्णालीमा शनिबार  थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका विभिन्न प्रयोगशालामा एक सय १२ जनाको स्वाब परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा सुुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ का ३७ वर्षीय पुरुष, चिन्गाड गाउँपलिका–३ का ६५ वर्षीय पुरुष, २२ वर्षीय महिला गरी तीन जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का ४४ वर्षीय पुरुष र रुकुमपश्चिमको चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोट छेडागाड गाउँपालिका–५ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले बताइन् । 

यो संगै कर्णालीमा कुल संक्रमित संख्या एक हजार नौ सय ७० पुगेको छ ।शनिबार कर्णालीका विभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालबाट पाँच जना कोरोना संक्रमित डिस्चार्ज भएको जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले बताइन् ।

हाल कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार आठ सय ६८ पुगेको छ ।