गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवसँग क्लोज कन्ट्याक्ट भएकाले थापाको बिहीबार स्वाब लिएर परीक्षण गरिएको थियो ।
१४ साउनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी थिए ।
राससका अनुसार त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
परीक्षणमा गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको किरण भट्टाराईले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री ओलीसहित उक्त कार्यक्रममा सहभागी उच्चपदस्थ व्यक्तिको परीक्षण रिपोर्टसमेत नेगेटिभ आएको थियो ।