मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ श्रावण २४ शनिबार ११:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बहिनी बलात्कारको अभियोग लागेका वडाअध्यक्ष जेल चलान 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ श्रावण २४ शनिबार ११:४९:००

नाताले बहिनी पर्ने किशोरी बलात्कार गरेको अभियोग लागेका वडा अध्यक्ष जेल चलान भएका छन् ।

कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् । 

बैनी नाता पर्ने १६ वर्षीया किशोरीलाई  बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले थुनामा राख्ने आदेश दिएकाे हाे ।

जबर्जस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएकाे कालिकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।