मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
क्वारेन्टाइनमा बसेका राजु माझी
२०७७ श्रावण २४ शनिबार ११:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोमा थिचिए खुसी र सपना 

Read Time : > 1 मिनेट
२०७७ श्रावण २४ शनिबार ११:३५:००

परिवारको सुखको लागि रुरु क्षेत्र गाउँपालिका ५ बम्घाका ३३ वर्षीय राजु माझी १४ वर्षदेखि परदेश आउजाउ गरिरहन्छन् । अहिले उनी भारतमा ठुलै कम्पनीको मेसमा काम गर्छन् । विदेशमा मेहनत गरेकाे कमाइले घर परिवारकाे गुजारा चलाइरहेका थिए ।

गत १६ साउन राति ८ बजे तिर उनकाे माेवाइलमा छिमेकीकाे फोन आयाे । उनले गतवर्ष मात्र बनाएकाे घरमा ढुंगा खस्यो भनेर फाेन काटियाे । त्याे सुनेर राजु बेचैन बने । हत्तपत्त श्रीमतीलाई फोन गरे तर, उठेन् । अविरल वर्षासँगै माथिबाट घरमा खसेको ढुंगाले लागेर माझीको श्रीमती र तीन छोरा–छोरीले गुहार माग्नसमेत पाएनन् । 

३० वर्षीया श्रीमती बिना, १० वर्षीय छोरा सागर, सात वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको ज्यान गयो । ‘किन फोन उठोस्, दैवले चुँडेछ,’ उनले भने,‘धेरै बेर फोन नउठाएपछि मनले माया मारीसकेको थियो ।’ घटना भएको अर्कोदिन भारतबाट हिंडेका माझी तीन दिनमा गाउँ आइपुगे । 

मुखमा मास्क । शोकले विक्षिप्त अनुहार । छिमेकीले पानी पनि परैबाट राखिदिन्छन् । पीडाले घर आएका उनी अहिले क्वारेन्टाइनमा छन् । विपन्न गाउँ भएकाले सबै आफ्नै काममा व्यस्त छन् । 

उनलाई गाउँको खाली घरमा राखिएको छ । रहरहरु परिवारसँगै बगे । माझीलाई दैवले मात्रै होइन्, कोरोनाले पनि एक्लो बनाएको छ ।

‘यो बेला क्वारेन्टाइनको बसाईले पीडा माथि नुनचुक थप्यो,’ उनले भने,‘खाली घरमा एक्लो छु, रात र दिन कटाउनै मुस्किल पर्‍यो ।’

उनले अझै फर्केर घर हेरेका छैनन् । हेरुन पनि कसरी ? न जीन्दगी काट्ने जीवन संगिनी, न माया साट्ने छोराछोरी । जसका खुसीका लागि परदेश पसे, आज उनीहरु एक जना पनि रहेनन् । 

राजु माझीलाई जतिसक्यो छिटो काममा फर्किन मन लागेको छ । श्रीमती र छोरा–छोरीको किरिया पनि अर्कै बसेका छन् । क्वारेन्टाइनका कारण आफुले किरियाभन्दा ठुलो यातना भोगे । घर र परिवारनै रहेनन् । चित्त बुझाउने कुनै उपाय छैन् । ‘गाउँमा उनीहरुको यादले तड्पिनु बाहेक अरु केही हुँदैन,’ उनले भने, ‘परदेशमा बरु कामले भए पनि पीडा कम हुन्छ ।’ 

राजुले बिनिता माझीसंग १५ वर्षअघि गाउँमै प्रेम बिबाह गरेका हुन् । बिनिताले गाउँमै मजदुरी गरेर छोराछोरी हुर्काउँदै र पढाउने गरेकी थिइन् । राजुले परिवारकै लागि साउदी कतार र भारतमा काम गरे । पछिल्लो समय १४ महिनादेखि भारतमा थिए । लकडाउनको बेलामा पनि राम्रो काम भएकाले परिवारसँग रमाउनकै लागि दशैमा आउने योजना बनाएको माझीले बताए । 

घरमा टिभी थिएन् । बिनिता प्राय साँझ परेपछि छोराछोरीसहित छिमेकी प्रेम घर्तीको घरमा टिभी हेर्न पुग्थिन् । त्याे दिन पनि घर्ती परिवारसँग बिनिता र तीन छाेराछाेरी टिभी हेरेर बसेका थिए । पानी पर्न थालेपछि खान बनाउँन बाँकी भएकाले छाेराेछाेरी लिएर उनी घर गइन् ।

स्थानीय प्रेम घर्तीका अनुसार करिव साढे ७ बजे पानी निकै दर्कियो । केहिबेरमै ठुलो आवाजमा ढुंगा खस्यो । बाहिर निस्किएर हेर्दा बिनिताको घर च्यापेको देखेपछि गुहार मागेको घर्तीले बताए । पानी र थप जोखिमका कारण तत्काल उद्धार गर्न सक्ने अवस्था थिएन् । केही बेरमा स्थानीयले उद्धार गरे । तर, चार आमा छोरा–छोरीनै जिवित थिएनन् ।

राजुले गत वर्ष मात्रै ठुलो मेहेनत घर निर्माण गरेका थिए । घर बनाएर परदेश पसेकाे एक वर्षमै भत्कियो । डाेजर लगाएर बनाइएका सडकका कारण उनीहरूकाे बस्ती जोखिममा परेको छ  ।