मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
वीरेन्द्र ओली 
२०७५ माघ १८ शुक्रबार ०७:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भेनेजुयलाको पक्षमा पार्टी र सरकार दृढतापूर्वक उभिन्छ : प्रवक्ता श्रेष्ठ

Read Time : > 1 मिनेट
वीरेन्द्र ओली 
२०७५ माघ १८ शुक्रबार ०७:४८:००

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुयलाको पक्षमा पार्टी र सरकार दुबै दृढतापूर्वक उभिने बताएका छन् । साम्रराज्यवादी विरुद्धको मञ्च नेपालले राजधानीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड र सरकार दुबैले अमेरिकी साम्रराज्यवादका विरुद्ध भेनेजुयलाको सार्वभौम राज्यसत्ताको पक्षमा मत राखेको बताए । 
कुनै पनि मुलुकको सार्वभौमिकता,राष्टिय अखण्डता  र राष्ट्रिय स्वधिनतामा हस्तपक्ष गर्न नहुने श्रेष्ठले बताए ।

भेनेजुयला मात्र नभई संसारका कुनै पनि स्वतन्त्र मुलुकको आन्तरिक मामलामा आक्रमण वा हस्तक्षप हुँदा दृढतापूर्वक उभिने उनले बताए । यस्तै नेकपा केन्द्रीय सदस्य बलराम बास्कोटाले साधन स्रोतले सम्पन्न भेनेजुयला साम्रराज्यवादीको गिद्धे दृष्टिले अस्थिरता भएको बताए । ‘निकोलस माडुरस ६७ प्रतिशत मत ल्याई राष्ट्रपति हुँदा पनि अमेरिका लगायत पुजीवादी मुलुकले मान्यता दिएनन् निन्द्र हराम भयो ।

बास्कोटाले भने, ‘अमेरिका,ब्राजिल लगायत कुनै पनि मुलुकमा यति धेरै मत ल्याएर राष्ट्रपति भएका छैनन् ।’ लोकतान्त्रिक पद्धतीबाट तानाशाही हुने भए अलोकतानिन्त्रक पद्धतीबाट आउनेलाई के भन्ने भन्दै बास्कोटाले प्रश्न गरे । यस्तै साम्रराज्यवादी विरुद्धको मञ्च नेपालका अध्यक्ष नरेन्द्रजंग पिटर निर्वाचित राष्ट्रपति निकोलस माडुरोको विरुद्ध लाग्नु लोकतन्त्रप्रति ठाडो हस्तक्षप भएको बताए । अमेरिकी साम्रराज्यवादको विरुद्ध सबै लोकतन्त्रवादीहरु दृढतापूर्वक लाग्नु पर्ने पिटरले बताए ।   
यस कारण भेनेजुयलाको पक्षमा उभियौ  
एउटा राष्ट्रिय स्वाधिताको विरुद्ध वैदेशिक हस्तपक्ष भएको बताउँदै श्रेष्ठले  भेनेजुयलाको मात्र सन्र्दभ नभई जुनसुकै मुलुकको आन्तरिक मामिलामा हस्तपक्ष हँुदा उभिने बताए । भेनेजुयलाको लोकतान्त्रिक मुल्य मान्यतामा   अमेरिकाले फासिवाद लाद्ने प्रवृत्ति भएको श्रेष्ठले बताए । ‘भेनेजुयलामा लोकतान्त्रिक प्रणालीबाट राष्टिपति नियूक्त भए संवैधानिक रुपमा सपथ ग्रहण गरे ।’ श्रेष्ठले भने, ‘ तर, योजनावद्ध रुपमा अर्को राष्पति घोषणा गरेर मान्यता गराउन खोजिएकाले साम्रराज्यवादीको लोकतन्त्र सामान्य अवस्थामा मात्र हो ।

विशेष अवस्था वर्ग स्वार्थ हेरेर लोकतन्त्रलाई च्यातचुत पार्छन् ।’ श्रमजिवि वर्गको पक्षमा समाजवादको अभ्यास गर्दै गरेको भेनेजुयलामा वर्ग र विचार जोडिएको श्रेष्ठले बताए । साम्रराज्यवादी पुजीपति वर्ग र सामाजवादी र श्रमजिवि विचारको लडाई भएको उनले बताए । भेनेजुयलामा भई रहेको राजनीतिक हस्तपक्षप युद्ध वा शान्ति कसको पक्षमा उभिने भन्ने अवस्थामा आएको श्रेष्ठले बताए  ।  ‘साम्रज्यवादी विचार युद्ध हो भन्ने विचार धेरै पुरानो हो । लेलिनले पनि परिभाषित गर्नु भएको छ अन्ततह साम्रराज्यवाद युद्ध हो ।’ श्रेष्ठले भने, ‘अवस्था यस्तै देखिदै आएको छ जुन भेनेजुयलामा देखिएको छ । कुनै न कुनै वर्गको स्वार्थमा लाद्ने गरिन्छ ।’ आफुहरु युद्ध नभई शान्तिको पक्षमा निरन्तर उभिने श्रेष्ठले बताए ।
नेकपा माक्सवादीको अमेरिकी हस्तपक्षको विरोध 
भेनेजुयलाको निर्वाचित सरकारको विरुद्ध अमेरिकाको हस्तपक्षका विरुद्ध नेकपा माक्र्सवादीले विहिबार एक विज्ञप्ती प्रकाशितगरी विरोध जनाएको छ । साम्रराज्यवादी पुजीवादी शक्तिहरु वीच मोर्चा बन्दी भई समाजवादका विरुद्ध लाग्नु लोकतान्त्रिक पद्यती विरुद्ध जानु गम्भिर भएको विज्ञप्तीमा उल्लेख छ । अमेरिकी साम्रराज्यवाद र सार्वभौम राष्ट्रको हस्तपक्षको डटेर सामाना गर्नु बताएको छ ।