मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २३ शुक्रबार २०:००:००
Read Time : < 1 मिनेट
समाचार

सेवाग्राहीसँग माफी माग्दै लघुवित्तले फिर्ता गर्यो बचत रकम

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार २०:००:००

दिक्तेल बजारस्थित एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रबन्धक भूपाल खड्काले सेवाग्राहीसँग माफी माग्दै उनीहरूले संस्थामा बचत गरेको रकम फिर्ता दिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित लालुपाते महिला समूहका सदस्यहरूसँग जिल्ला प्रहरी कार्यालयमा विहीबार भएको छलफलमा प्रबन्धक खड्काले गल्ती नदोहो¥याउने शर्तसहित माफी मागेर उनीहरूको बचतरकम फिर्ता दिएका हुन् ।

महिला समूहमा आबद्ध नौजना महिलाले संस्थामा बचत गरेको रकम फिर्ता माग्न १८ साउनमा जाँदा प्रबन्धक खड्काले प्रहरी लगाएर पक्राउने धम्की दिएर फर्काएका थिए । त्यसपछि महिलाहरूले खड्काविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । संस्थाका प्रबन्धक खड्काविरुद्ध परेको उजुरीको आधारमा दुबै पक्षबीच छलफल गराएर माफी मगाउँदै महिला समूहको बचतरकम फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए । 
संस्थाले महिला समूहले जम्मा गरेको एक लाख १२ हजार नौ सयमध्ये विहीबार एक लाख तीन हजार नौ फिर्ता दिएको समूहका सदस्य सर्मिला विश्वकर्माले बताइन् । उनका अनुसार समूहमा आबद्ध अनिता विश्वकर्मा उपस्थित नभएकाले उनको बचत रकम दश हजार फिर्ता लिन बाँकी रहेको छ ।  

लामो समयको लकडाउनका कारण आगामी दिनमा बचत गर्न नसक्ने अवस्था आएपछि रकम फिर्ता माग्न गएको समयमा शाखा प्रबन्धक खड्काले अभद्र व्यवहार गरेको समूहका अध्यक्ष सुशिला विश्वकर्माले बताइन ।