१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण २३ शुक्रबार १७:५७:००
Read Time : < 1 मिनेट
प्रदेश

१७ वर्षपछि हत्या अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १७:५७:००

जिल्ला प्रहरी कार्यालय झापाले हत्या अभियोगमा फरार रहेका अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ । झापा गाउँपालिका–४ का बिरिकलाल माझीको हत्यामा संलग्न हल्दिबारीका दुर्गाबहादुर थापा मगरलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको हो । कार्तिक ०६० मा माझीको हत्या भएको थियो । 

मगरलाई पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो । उनीसहितको समूहले छोरीको घर आएका बिरिकलाललाई सामान्य विवादमा हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार १७ वर्षअघि भएको घटनामा संलग्न अर्का खेम फुयाल फरार रहेका छन् । ‘दुई जनाको नाममा जाहेरी परेको छ । एकजना फरार छन् ’, उनले भने, ‘उनीहरुको पनि खोजी भइरहेको छ ।’ छोरीको घरमा पाहुन आएका बिरिकलालले एक पसलमा चुरोट किने । सो क्रममा पसलमा रहेकी महिलाको हात समाएको भन्दै अभियुक्तले सामान्य कुटपिट गरेका थिए । ‘पछि यही विषयमा फेरि कुटपिट गरे । उनी गम्भीर घाइते भए’, एसपी कोइरालाले भने, ‘उपचार गराएर फर्किएपछि त्यही चोटका कारण उनको मृत्यु भयो ।’ 

१७ वर्षपछि पक्राउ परेका मगर यो समयमा वैदेशिक रोजगारीका लागि विभिन्न देश गएको तथा भारतका विभिन्न जिल्लामा बसेको खुलेको एसपी कोइरालाले जानकारी दिए । उनलाई जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरिएको उनले बताए । १७ वर्षपछि हत्या अभियुक्त पक्राउ परेपछि जाहेरी गर्ने बिरिकलालका आफन्त विष्णुलाल माझीले न्याय पाउने आशा गरेका छन् । ‘प्रत्येक वर्ष यहाँ (जिल्ला प्रहरी कार्यालय) आउँथेँ, फोन गर्थेँ । पक्राउ पर्न सकेको थिएन । प्रहरी घरमा पनि जानुहुन्थ्यो’, उनले भने, ‘अब त प्रहरीले बिर्सियो भन्ने लागेको थियो । यतिबेला पक्राउ परेपछि खुसी छु ।’