Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २३ शुक्रबार १५:५०:००
समाचार डिजिटल संस्करण

अनसनकारीसँग वार्ता गर्न कुन साइत हेर्दै हुनुहुन्छ प्रधानमन्त्री ज्यू ? : कांग्रेस 

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २३ शुक्रबार १५:५०:००

जनस्वास्थ्यको क्षेत्रमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन अनसन बसेका युवासँग वार्ता नगरेको भन्दै प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । 

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै युवाहरुसँग तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन् । त्यही माग अघि सारेका छन् जो विगत देखि दल र संचार माध्यमहरुले उठाउंदै आएका थिए । सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन्’ शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, तर अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ । न सत्ता मागेका छन् न भत्ता । अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’

कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना भएको कांग्रेसको भनाई छ । 

‘नेपाली कांग्रेस अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोना विरुद्धको संघर्षमा व्यापक बढेको चुनौती सामना गर्ने ढंगले नवीन रणनीति एवं अपेक्षित गतिका साथ कार्य गर्न सरकार समक्ष माग र सार्वजनिक अपील गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ । 

पर्याप्त स्वास्थ्य सामग्री ब्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कार्वाही, समुदाय स्तरमा व्यापक पीसिआर परिक्षण, आरडिटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टाइन ब्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक ब्यवस्थाको माग आफूहरुले पहिलेदेखि नै गरे पनि सरकारले नगरेको आरोप कांग्रेसको छ । 
बिदेशमा अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्वार, सीमा नाकामा कडाई, श्रमिक, बेरोजगार र विद्यार्थीलाई राहत लगायतका मागहरू कांग्रेसले निरन्तर गरे पनि सरकारले नसुनेको आरोप कांग्रेसले लगाएको छ । 

जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारसँग नदेखिंदा परिणाममा सरकारका विरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु स्वभाविक भएको कांग्रेसको ठहर छ ।