१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ श्रावण २३ शुक्रबार १४:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

शुक्रबार कालिकोटमा चार जना कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ श्रावण २३ शुक्रबार १४:५८:००

कालिकोटमा शुक्रबार चार जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा चार जना कोरोना संक्रमित थपिएका हुन् । 

संक्रमित हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–३० वर्षीय पुरुष, २२ वर्षीय महिला, २७ वर्षीय महिला र रास्कोट नगरपालिका २२ वर्षीय पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापन डा.भीष्मप्रसाद पोखरेलले बताए । 

कालिकोटमा कोरोना संक्रमितको संख्या ६७ जना रहेको त्यसमध्ये ६२ जनाले कोरोना संक्रमण निको भएर घर फर्किसकेको, हाल तीन जना महिला र दुई जना पुरुषको उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए ।

उपचाररत पाँचै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।