मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २३ शुक्रबार १४:४९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

डोल्पा भित्रिने कामदारका कारण कोरोना जोखिम बढ्याे

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १४:४९:००

लकडाउन खुला भएसँगै जिल्ला भित्रिने कामदारका कारण डोल्पामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ ।

छिमेकी जिल्ला रुकुम,जाजरकोट लगायतका जिल्लाहरुबाट कामको खोजिमा डोल्पा भित्रिने कामदारहरुबाट कोरोना संक्रमणको जोखिम बढेको हो ।

 लकडाउन खुलेयता मात्रै एक हजार भन्दा धेरै मान्छेहरु भित्रिएको डोल्पा प्रवेश गर्ने नाकामा रहेको प्रहरी चौकी खदाङले जानकारी दिएको छ ।

डोल्पामा कुन ठाउँमा कसले काम गराउने हो सबैको रेकर्ड राखेर कामदारलाई छाड्ने गरिएपनि कुनै परीक्षण नगरेरै गन्तब्यमा जान दिने गरिएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपक केसीले जानकारी दिए ।

जिल्लाको निर्देशन अनुसार नै कामदारलाई छाडिएको उनको भनाई छ ।