१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २३ शुक्रबार १३:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीका सल्लाहकार रिमालको प्रवक्ता श्रेष्ठलाई सल्लाह : कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २३ शुक्रबार १३:३१:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको विवाद, भेला र उपभेलामा मात्र सीमित छैनन्, सामाजिक सञ्जालमा एक आपसमा घोचपेच र भनाभन पनि चलिरहेको छ । 

प्रधामन्त्रीका सल्लाहकार विष्णु रिमालले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट लेख्दै रिमालले यस्तो जनाएका हुन् । 

रिमालले ‘इनफ इज इनफ’ लेख्दै प्रवक्ता श्रेष्ठलाई भनेका छन् ‘नारायणकाजी जी कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । बिधी र पद्दतीको नक्कली गीत गाउँदै नेताहरुलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताबिरुद्धका कुनै पनि गतिबिधी कतैबाट पनि नहोस !! मुलुक संवेदनशील मोडमा छ महशुस होस !!!’