Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस/सिन्ह्वा नयाँ दिल्ली
२०७७ श्रावण २३ शुक्रबार १२:३४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नयाँ दिल्ली
२०७७ श्रावण २३ शुक्रबार १२:३४:००

भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । 

पछिल्लो २४ घण्टामा भारतका ६२ हजार पाँच सय ३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि हालसरमम संक्रमित हुनेको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 
        
सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस संक्रमितमध्ये १३ लाख ७८ हजार दुई सय १५ व्यक्ति निको भएर फर्किएका छन् ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या भने ६ लाख सात हजार दुई सय ४४ मात्र छ । 

भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७ दशमलव ३० प्रतिशत छ । निको हुनेको संख्या भने बृद्धि भएको देखिएको छ । 

भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार पाँच सय ८५ जनाको मृत्यु भएको छ । 

कोरोनाबाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्य प्रभावित छ । दोस्रो बढी प्रभावितमा तमिलनाडू र तेस्रोमा राजधानी रहेको नयाँ दिल्ली राज्य छ ।