मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २३ शुक्रबार १०:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पर्सामा एकैरात थपिए एक सय ४१ जना कोरोना संक्रमित

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १०:४४:००

पर्सामा  बिहीबार राति थप एक सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । न्

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पिसिआर परीक्षणमा २१ महिलासहित एक सय ४१ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए ।  

उनले संक्रमितहरुमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी र थुनुवा ४४ जना रहेकाे बताए । 

यस्तै तराई हस्पिटलका एक, पशु अस्पतालका एक, सेनाका पाँच, कारागारका दुई, नेशनल मेडिकल कलेजका एक जनामा पनि संक्रमण पुष्टि भएको डा.उपाध्यायले बताए । 

जसमा बारा र  रौतहटका चार/चार  जना रहेका छन्  भने अन्य वीरगन्ज महानगरपालिका कै विभिन्न वडाका छन् । 

त्यस्तै, पर्सागढी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै पर्सामा एकैदिन धेरै संक्रमित थपिएका हुन् । 

नयाँ थपिएकासमेत पर्सामा संक्रमितको संख्या आठ सय ९५ पुगेको उनले बताए ।