मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २३ शुक्रबार ०९:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सिरहामा एक कोरोना संक्रमितको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार ०९:३३:००

सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गोलबजार नगरपालिका निवासी २३ वर्षीय युवकको कोरोना संक्रमणबाट गएराती निधन भएको हो । 

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार राती करिब ११ बजेतिर मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । 

सहायक प्रजिअ भण्डारीका अनुसार उनको शव धरानबाट सिरहा ल्याउने तयारी भइरहेको छ । शव ल्याएपछि नेपाली सेनाको टोलीले अन्तिम संस्कार गर्नेछ । उनी मृगौला पीडित थिए । दुवै मृगौला बिग्रिएपछि उनले करिब तीन वर्षदेखि डायलासिस गराउँदै आएका थिए ।

दुई दिनमा नौ जना संक्रमित

स्वास्थ्य कार्यालय सिरहाका अनुसार यहाँ दुई दिनमा नौ जना संक्रमित फेला परेका छन् ।  गत मंगलबार कल्याणपुर नगरपालिका क्षेत्रका दुई जना, लहानका एक जना, सिरहाका दुई गरी पाँच जनामा संक्रमण पुष्टि भएको थियो । 

त्यसको भोलिपल्ट बुधबार मिर्चैयास्थित एक हेल्थ केयरका चिकित्सक र उनका भाई तथा एक जना स्थानीयसहित तीन जनामा संक्रमण देखिएको थियो । यसैगरी नरहा गाउँपालिका-३ का युवकलाई पनि संक्रमण पुष्टि भएको छ । 

संक्रमण पुष्टि भएकाहरुको सिरहा कोभिड अस्पताल, छपराढीस्थित कोरोना विशेष अस्थायी अस्पताल र ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।