मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २३ शुक्रबार ०५:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘डा. केसीलाई सामान्य सोधपुछ मात्र’

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार ०५:५०:००

स्वास्थ्य शिविर सञ्चालनका लागि डोल्पाको जगदुल्ला पुगेका डा. गोविन्द केसीलाई आफूहरूले अवरोध नगरेको गाउँपालिका अध्यक्ष नारसिंह रोकायले बताएका छन् । १३ साउनमा जगदुल्ला–६ रिमी स्वास्थ्य चौकी पुगेका डा. केसीलाई सामान्य सोधपुछ गरे पनि शिविर सञ्चालनमा अवरोध नपुर्‍याइएको उनले बताए ।

‘उहाँ आएको जानकारी पाएपछि वडाध्यक्ष भक्तबहादुर बुढाथोकीलाई कुन संस्था, कहाँबाट आउनु भएको हो भनेर सोधपुछ गर्न लगाएको भने सत्य हो,’ रोकायले भने, ‘हामी पनि आवश्यक सहयोग गरौँला भनिएको हो । शिविर सञ्चालन गर्न नदिने र आधिकारिक अनुमति लिन भनिएको होइन ।’

वडाध्यक्षसँग डा. केसीले आफू कुनै राजनीतिक कार्यक्रम गर्न नभई स्वतन्त्र नागरिकका हैसियतमा स्वतःस्फूर्त सेवा गर्न आएको बताएको रोकायले जानकारी दिए ।

१३ साउनमा स्वास्थ्य चौकी पुगेका डा. केसी भोलिपल्ट ८० जना बिरामी जाँचेर आफूलाई असहज भएको बताउँदै १५ साउनमा जुम्ला फर्किएका थिए । जुम्ला पुगेर उनले जगदुल्लाका जनप्रतिनिधिको व्यवहारप्रति विरोध जनाएका थिए ।