Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
उपेन्द्र खनाल
२०७५ माघ १८ शुक्रबार ०७:००:००
Read Time : < 1 मिनेट
समाचार

निजी आवास पुनर्निर्माणमा डेढ अर्बभन्दा बढी खर्च

Read Time : < 1 मिनेट
उपेन्द्र खनाल
२०७५ माघ १८ शुक्रबार ०७:००:००

भूकम्पले क्षति पु-याएका भौतिक संरचना पुनर्निर्माणका लागि तनहुँमा डेढ अर्बभन्दा बढी रकम खर्च भएको छ ।  बिहीबारसम्म निजी आवास पुनर्निर्माणका लागि एक अर्ब ६६ करोड १९ लाख ५० हजार रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ कार्यालयले जनाएको छ ।

भवन डिभिजन कार्यालयको सिफारिसका आधारमा प्रक्रिया पुगेका लाभग्राहीलाई सम्बन्धित व्यक्तिको बैंक खातामा रकम पठाइएको मनमाया आलेले बताइन् । निजी आवास पुनर्निर्माणका लागि आर्थिक कारोबारबाहेक सबै काम स्थानीय तहले गर्ने सहमति भएपछि आवास पुनर्निर्माणले गति लिएको उनले बताइन् । 

इन्जिनियर, सब–इन्जिनियर, सहायक र डकर्मी आवश्यकताअनुसार खटाउने र हाजिरी राख्नेलगायत प्रशासनिक क्रियाकलापको जिम्मेवारी स्थानीय तहले हेर्ने समझदारी भएको छ । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो फाराम अनुगमन गरी तनहुँका एक सय २३ लाभग्राहीलाई पुनर्निर्माणमा र ६ सय ७२ लाभग्राहीलाई प्रबलीकरणमा समावेश गरेको छ । तनहुँका १० स्थानीय तहमा १३ हजार आठ सय २१ घर पूर्ण क्षति, चार सय ६६ आंशिक क्षति भएका हुन् । 

पूर्ण क्षति भएका एक हजार तीन सय ८५ जनाले पहिलो किस्ता, पाँच हजार चार सय ४६ जनाले दोस्रो किस्ता र एक हजार नौ सय आठजनाले तेस्रो किस्ताको रकम बुझेको कार्यालयले जनाएको छ । भूकम्पले घरमा क्षति पु¥याएको भए पनि लाभग्राहीमा नपरेका सात हजार चार सय ३४ जनाले गुनासो फाराम भरेका छन् ।