मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष खड्का रुकुम पूर्व
२०७७ श्रावण २२ बिहीबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध तरिकाले गर्भपतन गराउँदा आमा र शिशुको मृत्यु, डाक्टरसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
२०७७ श्रावण २२ बिहीबार १८:०६:००

रुकुम पूर्वमा एक निजी अस्पतालले अवैध तरिकाले गर्भपतन गराउँदा आमा र शिशुको मृत्यु भएको छ । रुकुमकोटको छिप्रिदहस्थित रुक्मिणी अस्पतालमा गर्भपतन गराउने क्रममा रुकुम पश्चिम मुसिकोट नगरपालिका– ८ काप्रिवासकी २६ वर्षीया पुष्पा घर्ती र २२ साताको शिशुको मृत्यु भएको हो । गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव हुँदा २० साउनको राति दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

अवैध तरिकाले गर्भपतन गराएको आरोपमा प्रहरीले अस्पतालमा कार्यरत डाक्टर र अर्का एकजनालाई पक्राउ गरेको छ । अस्पतालमा कार्यरत डा. रुपेशकुमार सिंह र सिस्ने गाउँपालिका– ४ दादिङका गणेश घर्तीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । 

प्रहरीले पक्राउ परेका दुईजनालाई बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी बज्राचार्यको भनाइ छ । पुष्पा दुई छोरीसहित रुकुमकोटमा बस्दै आएकी थिइन् । उनको घर भने रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ३ गरायला भएको बताइएको छ ।