१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण २२ बिहीबार १७:४२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मोरङका नौ स्थानीय तहमा लकडाउन 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार १७:४२:००

कोरोना भाइरस संक्रमण निरन्तर बढ्न थालेपछि मोरङका नौवटा स्थानीय तहमा लकडाउन गरिएको छ । १६ साउनमा विराटनगर महानगरपालिकाले संक्रमण बढेको भन्दै लकडाउन घाेषणा गरेको थियो । यसपछि बिहीबार राति १२ बजेदेखि लागू हुने गरी मोरङका रंगेली, रतुवामाई, धनपालथान, सुनबर्सी, सुन्दरहरैँचा, पथरीशनिश्चरे, बेलबारी, कानेपोखरीले लकडाउन घोषणा गरेका छन् । कोरोना भाइरस नियन्त्रण गर्नका लागि स्थानीय तहलाई अधिकार दिएपछि आफूअनुकूल हुने गरी स्थानीय तहले लकडाउन घोषणा गर्न थालेका हुन् ।  

लकडानका वेला स्वास्थ्य संस्था, डेरी, भेटेनरी पसल मात्रै सञ्चालन गर्न सूचना जारी भएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । संघीय सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ११ चैतमा लकडाउन घोषण गरेको थियो । करिब चार महिना देशभर भएको लकडाउन ७ साउनदेखि हटाएको थियो ।