मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनस्वास्थ्यका मापदण्ड पालना नगरे अस्पतालका बेड र स्वास्थ्यकर्मी अभाव हुन सक्छ : स्वास्थ्य मन्त्रालय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १६:५३:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घनाबस्ती भएका क्षेत्रमा कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीको अभवा हुने सम्भावना आउन सक्ने बताएको छ ।

मन्त्रालयको बिहीबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकालगायत घनाबस्ती भएका सहरमा संक्रमण वृद्धि भएकाले स्वास्थ्यसम्बन्धी सबै सावधानी अपनाउन अपिल गरे । 

कोरोनाको औषधि नबनेकाले रोग लाग्नबाट बच्न सावधानी अपनाउन उनले मन्त्रालयको तर्फबाट आग्रह गरेका हुन् । 

‘अहिलेसम्म यसको औषधि बनेको छैन,’ उनले भने, ‘अक्सिजन र भेन्टिलेटरले सहयोग गर्ने मात्र हो । संक्रमण बढ्दै गएमा हाम्रा अस्पतालले धान्न सक्दैन । स्वास्थ्यकर्मी पनि अपुग हुन सक्छ । अकालमा ज्यान गुमाउनुपर्ने हुन सक्छ ।’

उनले नेपालीहरूकाे चाडबाड नजिकिँदै गएकाले त्यसलाई मनाउने क्रममा पनि जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न सचेत गराए । चाडबाड, जात्रा र उत्सव मनाउँदा सचेत भएर ताेकिएकाे मापदण्ड पालना गर्न उनले अपिल गरे ।