मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २२ बिहीबार १६:१९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा ८६ वर्षीया वृद्धासहित चार महिलामा देखियो कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार १६:१९:००

कर्णाली प्रदेशमा बिहीबार एक ८६ वर्षीया वृद्धासहित चार महिलामा कोरोना संक्रमण देखिएको छ । 

बिहीबार कर्णालीमा चार सय ७५ जनाको विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएकोमा त्यसमध्ये दैलेख महावु गाउँपालिकाकी ८६ वर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

स्वास्थ्य महाशाखाका अनुसार प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी २४ वर्षीया महिला, दैलेख महावु गाउँपालिकाकी ८६ वर्षीया महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला कनकासुन्दरी गाउँपालिकाकी ४३ वर्षीया महिला र मुगु खत्याड गाउँपालिका–८ की २८ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाै सय ६० पुगेको छ । 

बिहीबार कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३६ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखाका प्रमुख डा. तिवारीले बताए ।

‘कर्णालीमा हाल कोरोना संक्रमण निको हुनेको संख्या एक हजार आठ सय आठ पुगेको छ,’ उनले भने, ‘हाल कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ४६ रहेको छ ।’