मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा बेरुत
२०७७ श्रावण २२ बिहीबार १५:५६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लेबनानमा भएको विस्फोटमा एक सय ३५ को मृत्यु, चार हजारभन्दा बढी घाइते

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा बेरुत
२०७७ श्रावण २२ बिहीबार १५:५६:००

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या एक सय ३५ पुगेको छ । 

करिब दुई हजार सात सय ५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको विस्फोटमा परी चार हजारभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । 
 
सो गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । 

लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुऱ्याएको बताएका छन् । 

गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्थाबारे जाँचबुझ गरी पाँच महिनाअघि नै लेबनान सरकारलाई प्रतिवेदन बुझाइएको पनि सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिवेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औँल्याइएको थियो ।