मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २२ बिहीबार १५:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० जना कर्मचारीमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २२ बिहीबार १५:१६:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण  देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको संक्रमण देखिएको जानकारी दिए ।  

यसअघि आयोगमा १५ जना कर्मचारीमा संक्रमण देखिएको थियो । ती संक्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् । 

यसैगरी गत मंगलबार नै महाशाखाले प्रधानमन्त्रीनिवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने संक्रमण नदेखिएको पौडेलले बताए ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब संकलन गरिएको थियो । 

अख्तियारमा थुनुवा र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एकजनामा संक्रमण भेटिएपछि उनीनजिकका कर्मचारीको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । 

यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौंमा कोभिड–१९ परीक्षणका लागि स्बाव संकलन गरिरहेको छ । मन्त्रालयमा ८२, सर्वोच्च र जिल्ला अदालतमा तीन सयजनाको स्वाब संकलन गरिएको महाशाखाका मेडिकल टेक्नोलोजिस्ट पौडेलले जानकारी दिए ।  

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो । रासस