Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ श्रावण २२ बिहीबार १०:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीकाे माग

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ श्रावण २२ बिहीबार १०:०५:००

महामारीको वेला उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गर्नेहरूलाई कानुनी कारबाही गर्न चिकित्सक संघ कोसीले माग गरेको छ । 

२१ साउन अपरान्ह्र विराटनगरको कोसी अस्पतालमा उपचारका क्रममा एक पुरुषको  मृत्यु भएपछि आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गर्दै  हातपात  गरेका थिए । 

कलेजोमा समस्या भएर कोसीमा उपचार गराउन पुगेका विराटनगर– ९ का ४५ वर्षीय एक पुरुषको बुधबार आइसोलेसन वार्डमा मृत्यु भएको थियो । उनमा कोरोना संक्रमण देखिएको थियो ।

यता आफन्तले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको र शव पनि घरमा लैजान नदिएको भन्दै जबर्जस्ती आइसोलेसन वार्ड भित्र छिरेर उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि गालीगलौज गर्दै हातपात गरेका थिए ।

कोरोना भाइरसको महामारीका वेला अग्रभागमा रहेर निरन्तर स्वास्थ्य सेवा गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार गर्नेहरूलाई अबिलम्ब कानुनी दायरामा ल्याउनुपर्ने  माग संघको  छ ।