Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २१ बुधबार २१:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सम्भव भएसम्म आकाशेपानीले नै रानीपोखरी भरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २१ बुधबार २१:३०:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयबीच बुधबार भएको अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरी भर्न आकाशेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताए । 

रानीपोखरीको पिँध र वरिपरिको पर्खाल पुनर्निर्माण सम्पन्न भएपछि आकाशेपानी जम्मा हुन थालेको छ । दरबार हाइस्कुल, त्रिचन्द्र कलेजलगायतका क्षेत्रबाट पानी हार्भेष्टिङका लागि काम जारी छ ।  प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकल्पका रूपमा  मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रहेको जानकारी दिए । 

अन्तर्क्रियामा पूर्वसचिव एवं जलस्रोतविज्ञ सुमन शर्माले रानीपोखरीवरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी संकलनलाई प्राथमिकता दिँदै विकल्पमा मात्रै मेलम्चीको पानी राख्न सुझाब दिए । उनले डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रूपमा राख्न सकिने बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताए । 

सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरीवरिपरिको सतह तथा खेर गएको पानी प्रशोधन गरी प्रयोग गर्न सुझाब दिए । संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले परम्परागत इन्जिनियरिङलाई अवलम्बन गर्न आग्रह गरे । डिप बोरिङको सट्टा प्राकृतिक उपायहरू अपनाउँदै पानी भर्न उनले आग्रह गरे । 
स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागे पनि परम्परागत विधि ब्युँताउने उपायतिर लाग्न आग्रह गरे ।