मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २१ बुधबार १५:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एकैदिन पर्साका एक सय १६ र बाराका १७ जनामा काेराेना संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १५:३३:००

पर्सामा पिसिआर परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बुधबार मात्र २४ जना महिलासहित एक सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पर्साका एक सय १६ जना छन् भने बाराका १७ जना रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए। 
पाँच वर्षका बालकदेखि ७४ वर्षका वृद्धसम्ममा कोरोना पुष्टि भएको उपाध्यायले बताए । 

कहाँका कति संक्रमित  
बुधबारको परीक्षण नतिजामा वीरगन्ज महानगरपालिकाका वडाध्यक्ष, नेपाली सेना, प्रहरी, कर्मचारीहरू, वीरगन्ज कारागारका कैदीबन्दी, संक्रमितहरूको कन्टेक्ट ट्रेसिङमा र मास टेस्टिङ परेकाहरू, लक्षण देखिएपछि अस्पताल भर्ना भएका व्यक्तिहरूमा संक्रमण देखिएको उपाध्यायले बताए ।

कारागारका ३२ जना, सिमरा क्वारेन्टाइनका १७ जना, कोभिड अस्पतालमा भर्ना भएका दुईजना, वीरगन्ज चिनी मिलमा संकलन गरिएको नमुनामध्येका पाँचजना र त्रिजुद्ध स्कुलमा गरिएको मास टेष्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा गरिएको परीक्षणमा एकैदिन धेरै संक्रमित देखिएको यो पहिलो हो । उपाध्यायले अहिलेसम्मकै एकैदिन सबैभन्दा बढी व्यक्तिमा संक्रमण भएको बताए ।

संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले गएको १० साउनदेखि वीरगन्ज महानगरपलिका र १९ गतेदेखि जिल्लाभरि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा परीक्षणको दायरा बढाउन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।