Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २१ बुधबार १२:०९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलाको लाख नाघ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २१ बुधबार १२:०९:००

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रूपमा बढेको छ । मंगलबार  प्रतितोला रु. ९९ हजार ८०० मा कारोवाबार भएको पहेँलो धातुमा आज रु. एक हजार ६०० ले वृद्धि भएको छ ।

बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु. एक लाख ९०० निर्धारण  गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंङका अनुसार मंगलबारको  तुलनामा आज चाँदीको मूल्य रु. ६५ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य आज रु. एक हजार २ सय ९५ निर्धारण भएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु. १० हजार चार सयले बढेर रु. ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।  

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।रासस