Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २० मंगलबार २१:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लगानी बोर्डमा भट्टको नियुक्तिप्रति प्रचण्ड र खनालको गम्भीर आपत्ति

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार २१:२५:००

सरकारले विवादास्पद एजेन्ट सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले गम्भीर आपत्ति जनाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा प्रचण्ड र खनालले पार्टीको परामर्श र निर्णयविनै दुर्नाम पात्र भट्टको नियुक्तिप्रति गम्भीर प्रश्न उठाउँदै आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले भने मिडियाले लेखेकै आधारमा प्रश्न उठाउनुको औचित्य नहुने भन्दै सरकारले योग्य व्यक्तिलाई नै नियुक्ति गरेको भन्दै उनको बचाउ गरेका थिए । छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए । पार्टीभित्रको विवाद समाधानका लागि भनिएको छलफल भट्टकै नियुक्तिको विषयमा गम्भीर प्रश्न उठेपछि केहीबेर तनाव भएको उच्चस्रोतले जनाएको छ । 

‘सुशील भट्टजस्तो कमिसन एजेन्टका बारेमा पत्रपत्रिकाहरूमा सारा कर्तुतहरू आइरहेका छन्, त्यही व्यक्तिलाई तपाईंले लगानी बोर्डमा नियुक्त गर्ने ?’ प्रचण्ड र खनालको आपत्ति उद्धृत गर्दै उच्च स्रोतले भन्यो, ‘त्यसबाट पार्टी र सरकार बदनाम भएको छ, यस्ता खालका नियुक्ति तुरुन्त बन्द गर्नुस् ।’

पार्टीको परामर्श र निर्णयमा मात्र महत्वपूर्ण सरकारी नियुक्ति गर्ने विषयमा बैठकहरूमा गम्भीर छलफल चलिरहेका वेला बाइपास गरेर मनलाग्दी नियुक्ति गरेको उनीहरूको भनाइ थियो । 

ओलीले भने राष्ट्रिय योजना आयोगका सदस्यका रूपमा रहेका भट्ट योग्य उम्मेदवार भएको भन्दै मिडियाले आफ्नो इन्ट्रेस्टका आधारमा प्रचार गरिएको विषयलाई आधार मानेर प्रश्न उठाउनुको औचित्य नहुने धारणा राखेका थिए ।