मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ श्रावण २० मंगलबार १७:५५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ मा ४३ जना कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ श्रावण २० मंगलबार १७:५५:००

प्रदेश १ मा मंगलबार ४३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार मोरङमा २०, सुनसरीमा १२, झापामा आठ, इलाममा दुई र प्रदेशबाहिरका एकजना संक्रमित थपिएका हुन् ।

मोरङको विराटनगर महानगरमा चार महिला र सात पुरुष, बुढीगंगा गाउँपालिकामा तीन पुरुष र एक महिला, लेटाङ र केराबारी गाउँपालिकामा दुई–दुईजना पुरुष र उर्लाबारी नगरपालिकामा एकजना पुरुषमा कोरोना पुष्टि भएको हो । यसैगरी सुनसरीको दुहबी नगरपालिकामा चारजना पुरुष, इटहरी उपमहानगरपालिकामा तीन पुरुष र एक महिला, धरान उपमहानगरपालिकामा तीन पुरुष र  इनरुवा नगरपालिकमा एक पुरुष कोरोना संक्रमित पाइएका छन् ।

मन्त्रालयका अनुसार झापाको कचनकवल गाउँपालिकामा तीन, दमक र गौरीगन्ज गाउँपालिकामा दुई–दुईजना पुरुष र भद्रपुर नगरपालिकामा एकजना पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैगरी इलामको सूर्योदय नगरपालिकामा दुई पुरुष र प्रदेश २ को धनुषाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या जम्मा एक हजार एक सय ७१ पुगेको छ । प्रदेश १ बाट मंगलबार कोरोना निको भएर जिल्ला अस्पताल खोटाङमा उपचाररत एकजना डिस्चार्ज भएका छन् । प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या आठ सय ३० जना पुगेकाे छ । यस प्रदेशमा कोरोनाका कारण विराटनगर महानगरका एकजना, सुनबर्सी नगरपालिकाका एकजना गरी दुईजनाको मृत्यु भएको छ ।