मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २० मंगलबार १७:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रभुले बाबुलाई बचाउँछन् भन्दै पाँच दिनदेखि सडेको शव घरमै

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १७:३९:००

कैलालीको टीकापुर नगरपालिका– १ को शक्तिनगरका २१ वर्षीय ईश्वर डगौराले बुबाको शव पाँच दिनदेखि घरमै राखेका छन् । इशाई धर्म र पास्टरको विश्वासमा प्रभुले बाबुलाई बचाउने भन्दै उनले शव सडेर गन्हाउँदासमेत घरभित्र राखेका हुन् । 

शुक्रबार ४३ वर्षीय मोतीराम डगौरा थारू बिरामी हुँदा सोही वडाको गणेशपुर शिविरको चर्चमा ल्याइएको थियो । सोही दिननै उनको मृत्यु भएको थियो । त्यसै दिनदेखि चर्चका पास्टरले प्रार्थना गर्दै उपचारको बहानामा जिउँदै छन् भन्ने गरेको शक्तिनगरका बड्घर रामलाल चौधरीले बताए  । 

शव गन्हाएर सिंगै बस्ती दुर्गन्धित हुँदासम्म ईश्वरले कसैको कुरा नसुनेर शव गन्हाएको नभई बाबुको शरीरबाट पसिना आएको बताउँछन् । मंगलबार पाँच दिन मात्र भएको भन्दै सात दिनमा बाबु उठ्ने  उनी बताउँछन् । शव गन्हाएर सिंगो बस्ती नै दुर्गन्धित भएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि अहिले प्रहरी टोली गाउँमा पुगेको छ ।