१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २० मंगलबार १६:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकाका थप ६२ जनामा कोरोना पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २० मंगलबार १६:५४:००

काठमाडौं उपत्यकाका तीन जिल्लामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा काठमाडौं जिल्लामा ४८, भक्तपुर जिल्लामा १३ र ललितपुरका एकजना छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका ३८ र भक्तपुरका ११ जनामा संक्रमण पुष्टि भएको हो ।  

त्यसैगरी त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका पाँचजना, नेपाल प्रहरी अस्पतालमा भक्तपुरका एकजनामा संक्रमण देखिएको हो ।

स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई र ललितपुरका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

बिआइडिएच ल्याबमा काठमाडौंका तीनजना र नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।