मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २० मंगलबार १६:३२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वीरगन्ज अनिश्चितकालीन निषेधाज्ञाको १० दिन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १६:३२:००

प्रदेश २ को बढी कोरोना संक्रमणको जोखिममा रहेको वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी रहेकाे छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमण रोकथाम तथा परीक्षणको दायरा बढाउन वीरगन्ज महानगरपालिकाले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा पछिल्लो समय  कोरोना भाइरस (कोभिड– १९) संक्रमितबाट मृत्यु हुनेको र नयाँ संक्रमितको संख्या निरन्तर बढिरहेकाले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको मंगलबार १० दिन भएको छ । 

गएको ८ साउनमा जिल्ला सुरक्षा समितिको  बैठकको निर्णयअनुसार १० गते बिहान ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नहुञ्जेलसम्म  निषेधाज्ञा जारी थियो ।

यस्तै गएको शनिबारको जिल्ला सुरक्षा समितिको अर्को बैठकको निर्णयअनुसार सोमबार साउन १९ गते बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाभर अर्को सूचना जारी नहुञ्जेलसम्म  निषेधाज्ञा जारी भएको छ । 

निषेधाज्ञा अवधिभर औषधोपचार र अतिआवश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रहसमेत गरिएकाे छ ।