मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २० मंगलबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

काेराेना मिटर : स‌ंक्रमितकाे संख्या २१ हजार नाघ्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २० मंगलबार १६:२०:००

पछिल्लाे २४ घ‌न्टामा देशभर गरिएका परीक्षणमा थप दुई सय ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

आज थप भएकासमेत हालसम्म संक्रमितकाे संख्या २१ हजार नाै पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयले मंगलबार गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा ६५ जना डिस्चार्ज भएको जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ ।

हाल संक्रमणमुक्त हुने प्रतिशत ७१ दशमलव ५ रहेको गौतमले बताए ।

त्यसैगरी हाल सक्रिय संक्रमित पाँच हजार नौ सय २५ जना मात्र छन् । 

गौतमले काठमाडौं प्रवेश गर्ने तीन नाका नागढुंगा, साँगा र फर्पिङमा १० हजार आठ सय ५३ जनाको स्वाब संकलन गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

नागढुंगाबाट संकलन गरिएको नमुनामध्ये १६ जनामा संक्रमण देखिएको छ । त्यसैगरी साँगाबाट संकलन गरिएकोमा १३ जना र फर्पिङबाट संकलन गरिएकोमध्ये ११ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।