मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा कुनमिङ
२०७७ श्रावण २० मंगलबार १५:३२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सलह चीनको युनान पुग्यो  

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा कुनमिङ
२०७७ श्रावण २० मंगलबार १५:३२:००

चीनको दक्षिण–पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार तीन सय ८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

कृषि अनुसन्धान निकायहरूका अनुसार सलहले युनानका नौवटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् ।

मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तीव्र गतिमा सक्रिय भएका पाइएको छ । 

स्थानीय अधिकारीहरूले सलह फैलिन नदिन ड्रोनमार्फत विषादी छर्कने क्रम जारी रहेको छ । यहाँ गत जुन २८ मा पहिलोपटक सलह देखिएको थियो ।

सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् ।

विज्ञहरूको भनाइमा चीनमा सलह प्रवेशको क्रम बिस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ ।