Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण २० मंगलबार १५:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा मंगलबार शून्य संक्रमण, १३ जना डिस्चार्ज

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १५:२८:००

कर्णाली प्रदेशमा मंगलबार कोरोनाको शून्य संक्रमण देखिएको छ । कर्णाली प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शून्य संक्रमण देखिएको हो । 

मंगलबार कर्णालीबाट कोरोना निको भएर १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । 

‘कर्णालीमा कुल कोरोना संक्रमित हुनेको संख्या १९ सय ४५ रहेको छ,’ उनले भने, ‘त्यसमध्ये १७ सय ४१ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।’

हाल कर्णाली प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ९८ जना मात्र रहेको डा. तिवारीले बताए ।