मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ श्रावण २० मंगलबार १३:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणीमा हामफालेकी युवतीको प्रहरीद्वारा  १३ घन्टापछि सकुशल उद्धार 

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ श्रावण २० मंगलबार १३:१३:००

नारायणी नदीमा हामफालेकी पूर्वी नवलपरासीको गैँडाकोटनिवासी २२ वर्षीया युवतीलाई प्रहरीले सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । 

सोमबार साँझ ६ बजेतिर नारायणगढ–गैँडाकोटबीचको नारायणी पुलबाट नदीमा हामफाली बेपत्ता भएकी गैँडाकोट– ३ निवासी २२ वर्षीय एक युवतीलाई प्रहरीले १३ घन्टापछि सकुशल उद्धार गरेको हो । 

बेपत्ता भएकी युवतीलाई प्रहरीले मंगलबार बिहान साढे ७ बजेतिर चिवतनको भरतपुर महानगरपालिका– ४ रामघाटस्थित नारायणी नदी किनारमा सकुशल फेलापारेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । 


ती युवतीलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले युवतीको पहिचान भने खुलाएको छैन ।